नव यौवना – कविता

(अन्जना पौडेल’अनुश्रुति’)

आज फेरी
पूर्वी क्षितीजबाट
रातो रंगको 
नौंलो घाम जन्मिएर
उक्लंदैछ
पहाड माथि माथि  !
धर्तीका गालामा
ताप फिजाउदैछ
 बर्षौ देखि जमीन
समाउदै पृथ्वीको
कुनाकुनामा फैलिएका
जराहरुले सिचेर अमृत
नयाँ आशाका फूल फक्रेर
उज्यालो जून तिर फर्केर
मुसुक्क हाँस्दैछन्
कोरोना कहर विर्सेर
अक्काको समर्पणलाइ
माथ दिदै
देवाधिदेव महादेवको
ध्यानमा मग्न छन्
नयाँ बर्ष
नव यौवना !