अन्जना पौडेल अनुश्रुति
प्रेम एउटा यस्तो अमृत हो, जस्मा भावनाको मीठास घोलीएको हुन्छ । भावना वीनाको प्रेम मृत प्राय हुन्छ । जून कुरा केवल महसुस गर्न सकिन्छ, देख्न, छुन सकिदैन, त्यो नैं प्रेम हो । प्रेम अन्तर आत्माको आवाज हो ।
देखेका,भेटेका मानिसहरुमा मात्रै प्रेम हुने होइन, कहिल्यै नदेखेका मानिसहरु प्रति पनि प्रेम भाव उत्पन्न हुन्छ । किन त ?
आज संसारभरीका मानिसहरु कोरोना भाइरसको कारण त्रसित छन् । लाखौं मानिसहरुको मृत्यू भैसक्यो, लाखौं संक्रमित छन् । मनले संधैं उनीहरुको जीवनको लागि प्रार्थना,कामना गरिरहन्छ कि उनीहरु आफ्नाहरु गुमाएर कति दुःखी होलान् भनेर । किनकी हाम्रो अन्तरमनमा प्रेमभाव लुकेर बसेको छ, त्यसैले सबैप्रति आफसेआफ प्रेमभाव जागेर आउंछ ।
हिन्दु धर्मका गुरु कुवेर सुवेदी भन्दछन् –“मानव चोला एक पटक मिल्ने हो, त्यसैले मानव मात्र होइन हरेक जीव जन्तुहरुमा प्रेम गरेर आफू चेतनशिल प्राणी हुनुको रहस्यलाइ जीवनमा लागु गर्न सक्नु पर्छ ।”
जून कुराले अन्तर मनलाइ हल्लाउन सक्छ, दिमागलाइ उथलपुथल बनाएर आँखाभरी आँशु बनाइदिन सक्छ ,त्यो नैं हो सच्चा प्रेम ।
आमा बुबा, छोराछोरी, दाजुभाइ, दिदी बहिनी, आफन्त, चिरपरिचित र छिमेकीसंग हुने प्रेम,साथीसंगी, प्रेमी प्रेमीका वीच हुने प्रेमका रुप र रंगहरु अलग अलग हुन्छन् नैं ।
अवश्य पनि प्रेम,घृणा,इश्र्या ,द्घेश आदी हरेक मानवका मानविय गुण हुन् । तर जव प्रेमलाइ भवनाको गहिराइको मीठो आवाज हो भनेर महसुस गर्न सकिन्छ तव अरु सबै कुराहरु गौंण रहन्छन् र प्रेम केवल प्रेम मात्र रहन्छ ।
हिन्दुहरुको पवित्र पुस्तक स्वस्थानी ब्रतकथा पढ्दा यस्तो लाग्छ कि देवाधिदेव महादेव त झन् महाप्रेमी थिए । किनकी उनले आफ्नी मृत प्रेमीका, श्रीमतीलाइ मरेपछिपनि कांधमा बोकेर पागल जस्तै भएर संसार डुली हिंडे । जव सतीदेवीको पूरा शरिर पतन भयो, त्यसपछि पनि देवताले महादेवलाइ अनेक बहानाले ब्यूंझाएर कैलाशमा पून लगेर राखे ।”
प्रेम गर तर, बढी आसक्त भएर जोडिइ नराख । पुरा रुपमा डुवाइदेउ आफूलाइ प्रेममा । तर संधै विरामी र डाक्टरको जस्तो संधैं उपचार र फि मात्रको सम्बन्धमा होइन ।
कसैप्रतिको अति बढी लगावले तिमीलाइ कुनैं काम गर्नको लागि पनि बाटो दिदैन । प्रेममा कुनैं शर्त हुनु हुदैन । बेशर्त हुनु पर्दछ प्रेम । प्रेममा आफैंलाइ किन मेटाउँछौ ? प्रेमलाइ आफ्नो एउटा हिस्साको रुपमा अनुभव गर्यौ भनें तिमीलाइ प्रेमले पीडा दिदैन बरु उर्जा बढाइदिन्छ । तिमी किन प्रेम गर्छौ ? किनकी आफ्नो एउटा हिस्साको रुपमा अनुभव गर्छौ ।
कामुकताले प्रेमलाइ केहि समयको लागि मात्र आफ्नो बनाउँछ तर निस्वार्थ भावले प्रेमलाइ अनन्त काल सम्म जीवित बनाउँछ । मानसिक रुपबाट र शारिरिक रुपबाट गरिने प्रेममा गाली गर्नु, मारामारी गर्नु, गोली बारुद हान्नु पथ्र्यो होला । लालच वा विजय प्राप्त गर्ने उद्घेश्यले गरिने प्रेम डेटिङ, क्रेडिट कार्ड या चेकबुक या त सपिङमा गएर टुंगिन्छ ।
केहि समयको लागि संगै रहंदा सफल जस्तो देखिन्छ तर दिर्घकालिन रहंदैन । भनिन्छ शरिर हेरेर प्रेम गर्नेहरु कहिल्यै कसैको मनको नजिक पुग्न सक्छैनन् । जस्ले प्रेमको नाममा कसैको भावनामा खेलवाड र मजाक गरिरहेको हुन्छ, यो त सरासर प्रेमको मर्म माथिको अपमान र गद्दारी हुन्छ ।
सम्मान र समर्पण विनाको प्रेम सम्हाली नसक्नुको भाँडभैलो हुन्छ । तर भावनात्मक प्रेममा कुनैं हिंसा हुंदैन र त यूगौयूग सम्म पूजनीय रहन्छ ।
आशो भन्दछन् –“प्रेम मानसिक दवावमा कसैको करकापमा हुनु हुँदैन । यो त आफसेआफ मनबाट उव्जने भावना हो ।”
राधाकृष्णको प्रेम जस्तो चोखो प्रेम कसैको होला र ? भनिन्छ उनीहरुमा एकजनालाइ घाउ, चोट लाग्यो भने अर्कोलाइ दुख्थ्यो रे ।
उनीहरु सम्बन्धमा रहन पाएनन् तर निस्वार्थ प्रेम गरेको कारण आजसम्म संसारभर प्रेमको नमूनाको रुपमा हरेकको मुखमुखमा जपिएर रहेका छन् ।
सद्गुरु भन्दछन् –“भावनाको स्तरमा गरिने प्रेम हो भने यो प्रेम प्रसंग हुन्छ ,जागरुकताबाट कसैलाइ सामेल गरिने योग हो, मिलन हो । यस्तो प्रेम प्रसंग सफल हुन्छ ।”
कोहि एकको लागि यस्तो सोचिन्छ कि नाक, मुख, आँखा ,कपाल आदी अंग मन परेर गरिने प्रेम होइन । मन पर्दा सम्म प्रेम हुन्छ, मन परेन भनें धृणा उत्पन्न हुन्छ । तर जव प्रेम मात्र प्रेम हुन्छ, हावामै पनि उमंग महसुस हुन्छ । जस्तै लैला मजनुको प्रेम, रोमियो जुलियटको प्रेम मानव प्रेमका चिरपरिचित नमूना हुन् ।
प्रेमका यस्ता धेरै उदाहरण छन् तर सफल भएका थोरै मात्र छन् । किनकी प्रेमलाइ समपर्ण होइन सम्झौताको रुपमा मात्र प्रयोग गरियो, महसुस गरिएन । स्वार्थ मात्र खोजियो, त्याग हेरिएन । लक्ष्मी नारायण कहिल्यै अलग भएनन् । उनीहरु एक अर्का प्रति यती समर्पित थिए कि आं गर्दा अलंकार बुझ्दथे ।
योगी विकासानन्द भन्दछन् –“प्रेममा स्वतन्त्रता हुनु पर्छ, बन्धनयुक्त प्रेमले संधै पिडा दिन्छ , श्रीमान श्रीमतीले पनि एक अर्कालाइ बन्धनमुक्त प्रेम गर्नु पर्छ, अनि बल्ल घर परिवारमा सुख शान्ती, खुसी र रमाइलो बातावरण छाउँछ ।”
संधै आफ्नो सेवा गरोस् र आफूले जे भन्यो त्यहि मात्र मानेर नोकर जस्तो बनोस् भन्नेले किन बिवाह गर्नु पर्यो र ? घरको गेटमा कुकुर पाल्नुस् ,संधै तपाइ बाहिर, भित्र गर्दा पूच्छर हल्लाउँछ स्वागत गर्छ, तपाइको रक्षा गर्छ । सुगा पाल्नुस, तपाइले जे बोल् भन्यो त्यहि बोल्छ । मानिस र पशुपंछीमा के फरक भयो ? होइन र । हरहमेसा साथ सहयोग त दुबैको चाहिन्छ नि दुवैलाइ । त्यसै श्रीमान् श्रीमतीलाइ एक रथका दुइ पाङ्ग्रा भनिएको होइन ।
कुनैं परिवारमा मेलमिलाप ,साथ ,सहयोगको वातावरण भयो, खुसीयाली छायो भनें मात्र त्यो परिवार सुखी र समृद्द बन्छ । परिवारको मियो बाबुआमा गतिलो र बलियो नभएपछि छोराछोरी पनि कुसंगत र कुलतमा लाग्दछन् । अनि परिवार एकैछिनमा तहसनहस हुन्छ ।
कसैलाइ आफ्नो बनाउन सिर्फ क्षमता चाहिन्छ । जून आफ्नो मनको मर्जीबाट मात्र हुन्छ ।
प्रेम कुनैं सम्बन्ध होइन, भावनाको मीठास हो । जो आफैं भित्र सीमित रहन्छ, कसैलाइ देखाउनु पर्ने जरुरत नैं हुँर्दैन । भावनामा प्रेम छ भनें रुख, विरुवा, जीव जन्तु ,पुरुष,महिला या त जून चीज देख्छौ बिशेष रुपले देख्छौ र प्रेम गरिरहन्छौं । भावना राम्रो छ भनें हरेक कुरामा महको स्वाद अनुभुत गछौं, भावना नराम्रो छ भनें तिते करेलाको स्वाद भेट्छौं ।
विलियम शेक्सपियर “आफ्नो प्रेम त्यसका निम्ति खेर नफाल जसले यसको मूल्य बुझ्न सक्दैन ।”
जव प्रेममा विश्वासको धराप पर्छ, तव छातीको गहिराइमा हिउं जसरी जमेर बसेको आंशु एकाएक बाफिएर आँखामा कालो बादल माडारिन्छ र झरना सरी एकाएक आंशुको पहिरो जान्छ र आंखाको डिल भत्काएर भूईंमा बजारिन्छ । अनि सबैतिर निरसता र शून्यता मात्र छाउंछ ।
प्रेममा जात धर्म, उचनीच, धनी गरिव,भूगोल केही हेरिदैन, हेरियो भने प्रेम जीवीत रहंदैन । उमेर हेरेर पनि प्रेम गरिदैन, रंग रुप हेरेर, स्वार्थवश गरिएको एकतर्फी प्रेम पनि टिक्दैन ।
“अक्का महेश्वरी कर्णाटक राज्यभरीमा सबैभन्दा राम्री केटी थिइन् । उनको सौन्दर्यले मोहित बनाएको थियो सबैलाइ । उनी यती राम्री थिइन् कि त्यो क्षेत्रका सबैले प्रसंसा गर्दथे । उनी महादेवकी ठूलो भक्त थिइन् । संधै दिव्य मुहार, संधै प्रशन्न त्यहि कारणले हुन्थिन् । सबैलाइ उनको रुपले मोहित बनाउथिन्। उनी साधारण परिवारकी थिइन्, १२ बर्षमा नैं महादेवकी भक्त भएकी थिइन् ।
त्यो कुरा राजाले थाहा पाएर उनलाइ माग्न आए । उनका बाबुआमाले धेरै धन लिएर उनले बिहे गर्दिन भन्दा पनि जवरजस्त राजासंग बिवाह गरिदिए । उनले महाराजसंग शारिरीक सम्पर्क गर्न नचाहने, छुन पनि नदिने । “महादेव पो पोइ ,तपाइ त कोइ न कोइ ‘ भनेपछि
राजाले उनको भित्री बस्त्र समेत लिएर नाङ्गै दरबारबाट निकाला गरिदिए । त्यस पछि उनी गुफामा बसेर ध्यान गरिन् । काव्य सृजना गरिन् । उनी अहिले पनि चिनिन्छिन् स्तुत्य भएर कर्णाटक भरी । यो घटना बाह्रसय बर्ष अगाडि भएको थियो । “
आफूलाइ बेठीक लागेको कुरा गर्न छोड्नुहोस्, तपाइको प्रगति हुन्छ ।
सद्गुरु भन्दछन् –“प्रेमबाट मनको सुख, भावनाको सुख, जीवन उर्जाको सुख हामीले भित्रै महसुस गर्न सकिन्छ । बाहिरी वातावरण बनाएर प्रेम गर्दा केही हद सम्म त ठीक होला तर वातावरण संधै सबै आफ्ना पक्षमा नहुन सक्छन् । केही हदसम्म मात्र म्यानेज गर्न सकिन्छ, सत प्रतिशत सकिंदैन । किनकी यस्मा कंयौं शक्ति सामेल हुन्छन् ।”
भनाइ छ युद्घ र प्रेममा सव कुरा जायज हुन्छ । तर यस्तो प्रेमलाई कन नाम दिनें,जून पूर्ण रूपमा गैर जिम्मेवार छ । उदाहरण स्वरूप मानवशाश्त्री सागर थापाले ‘म्यारी ग्रयावरेल’को चर्चित पुस्तक ‘माया र पूँजी‘ (लभ एण्ड क्यापिटालिजम) लाइ उद्रित गर्दै भन्दछन्– “मायाको चरित्र बर्गीय हुन्छ भन्ने कार्ल माक्र्स आफैं मायाको सवालमा बेविरसे र गैर माक्र्सवादी थिए । यो पुस्तकमा बिसौं शताव्दीका महान् चिन्तक माक्र्सका यस्ता लुकेका पहलुहरु उजागर गर्ने प्रयास गरेकी छन् कि उनले आफ्नी दुइ जीउकी प्रेमीका पनि एङ्गेल्सलाई जिम्मा लगाएका थिए ।”
पारस्परिकता, सद्भाव, सहकार्य र भावनाले वर्गीय सीमा भेद गर्न सक्दैन भन्ने माक्र्सको निश्कर्ष आफूमा चाँहि कहिले लागु हुन सकेन ।
हामीले आफ्नो स्वास्थ्य राम्रो बनाउन स्वस्थ्य बर्धक खाने कुरा खाए जस्तै मनको सुख महसुस भावनात्मक प्रेमले गर्न सक्छौं ।
प्रेम कुनैं काम होइन, योजना बनाएर गर्नु पर्ने र अभिनय पनि होइन, नाटक गर्नु पर्ने । प्रेम त आफसे आफ हरेक मानिसको मनबाट फुर्छ, एकदम सुन्दर कविता जस्तो ।
मानवशाश्त्री इन्द्र बहादुर भूजेल टुइट गर्दछन् –
त्यो क्षण
मुटु चर्केर
आँखाबाट बगेको भेल
न त तर्न सकियो
न त बगाउन सक्यो
केवल किनारामा
तिमी उता
म यता ।।
अन्तरआत्माको आवाज हो प्रेम। एक हृदय र अर्के हृदय जाेड्ने पूल हाे
प्रेम। कुनैं सम्बन्ध होइन प्रेम । मुटुमा मीठो धून भनेर बजी रहने संगीतको झंकार हो प्रेम।
हमनें देखी है उन आँखो की महकती खुस्बु
हाथ से छु के इसे रिस्तेका इल्जाम न दो ।
सिर्फ एहसास है इसे रूह से महसुस करो
प्यारको प्यार ही रहने दो ,कोइ नाम न दो ।।
गुलजार
(लेखक मानवशाश्त्रमा बिधावारिधी गर्दै हुनुहुन्छ )