कोरोना यूग – कविता

अन्जना पौडेल ‘अनुश्रुति’
anjanakhanal2009@gmail.com

करोडौ मानिसहरूको
वीचबाट उठेर
मैले आज
नयाँ दिनको उज्यालो
हेर्ने मौका पाएकी छु !
स्वास फेर्दै छु
ज्यूँदो छु
म ढुक्क छु !
गत राती निदाएका
लाखौं मानिसहरू
आज उठ्नै पाएनन्
आज देख्नै पाएनन्
स्वास फेर्नै पाएनन्
जन्म संगै मृत्यु जोडिएर
आएको छ !
रूखको टुप्पोमा जाउ
दिन आएको भए
तिमी लाई जानै पर्छ
यै रित चलिरहेको छ
यूगौयूग देखि
फेरि केलाइ चिन्ता ह !
ए कोरोना यूगका मान्छे
कलियूग हो यो !
न भक्ति भो न ज्ञान भो न भो विवेक
आखिर श्री कृष्ण रहेछ एक
आखिर श्री कृष्ण रहेछ एक